हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकाभित्रका शिक्षकहरु धर्नामा बसेका छन् ।
नेपाल सरकारले घोषणा गरेअनुसार बाल विकास र विद्यालय कर्मचारीको पारिश्रमिक उपलब्ध गराउन माग गर्दै शिक्षकहरु नगरपालिका कार्यालयमा धर्नामा बसेका हुन् । बिहिवार (हिजो) र सुक्रवार (आज) दुई दिन धर्नाको कार्यक्रम तय गरिएको नेपाल शिक्षक महासंघ हरिपुर नगर समितिले जनाएको छ ।
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट घोषणमा बाल विकास र विद्यालय कर्मचारीको पारिश्रमिक १५ हजार पु¥याउने उल्लेख गरेको थियो । जसमा संघीय सरकारले ८ हजार र स्थानीय तहले ७ हजार उपलब्ध गराउने भनिएको छ ।
सोका सम्वन्धमा नगरपालिका कार्यालयलाई ज्ञापन पत्र बुझाएको भएपनि, त्यसप्रति बेवास्ता गरिएकाले धर्नामा बसेको शिक्षकहरुले बताएका छन् । शिक्षकहरुले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासलाई समेत आफूहरुको मागका सम्वन्धमा पत्र बुझाएका छन् ।
बढाएको पारिश्रमिक कार्यान्वयनको माग राख्दै जिल्लाका अन्य पालिकाहरुमा पनि शिक्षकहरु आन्दोलित हुँदै आएका छन् ।