logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाहीको रामनगर गाउँपालिका अध्यक्ष बर्माको मृत्यु


  • उज्यालो अभियान

खैर्बा – जिल्लाको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बर्माको उपचारका क्रममा मृत्यु भएको छ ।

बर्माको उपचारका क्रममा शनिवार राती मेडिसेटी अस्पताल काठमाण्डौंमा मृत्यु भएको हो । रामनगर गाउँपालिका-१, खैर्बा निवासी बर्मा लामो समयदेखि बिरामी परेका थिए ।

उनी बिरामी परेर असार १४ उपचारका लागि काठमाण्डौं गएका थिए । बर्मा पे्रसर, सुगर र किड्नीको बिरामी थिए ।

बर्माकी श्रीमती सुधा बर्मा समेत बिरामी परेर मेडिसेटी अस्पतालमै आइसियूमा उपचार भइरहेको छ ।

बर्मा २०७४ सालको निर्वाचनमा नेपाली काँगे्रसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।