फाइल तस्बीर ।
परवानिपुर – सर्लाहीको लालबन्दी नगरपालिका-१६, परवानिपुर भोर्लेनीमा आज (आइतवार) फेरि जंगली हात्ती देखा परेका छन् ।
आइतवार बिहान ३ बजेतिर तीनवटा जंगली हात्ती देखा परेका स्थानीयवासीले बताएका छन् । हात्तीले स्थानीय मनिराम नेपाली, मानबहादुर विक, रेखा थापा र रुद्रबहादुर पुलामीको करिव एक बिघामा लगाएको मकै बाली खाने र फाल्ने गरेर नष्ट गरेको स्थानीयवासी ज्याङ लामाले जानकारी दिए ।
हात्तीले त्यहाँको किराँत मन्दिरको पर्खाल भत्काएको छ भने बिजुलीको तार र पोल लर्काएको परवानीपुरबाट स्थानीय संचारकर्मी दीपक शाशंकरले उज्यालो अभियानसँग बताए ।
केही समयअघि पनि त्यस क्षेत्रमा जंगली हात्तीले क्षति गरेका थिए । यसरी पटक-पटक हात्तीहरु फर्किएर बस्ती र खेतबारीमा आएर क्षति गर्दा स्थानीयवासी त्रसित भएका छन् ।
सर्लाहीमा तीनवटा जंगली हात्ती देखिएका २ महिना भन्दा बढी समय भइसकेको छ । ती हात्तीले ठाउँ फेरेर परवानीपुर, रानीगन्ज, लालबन्दी, ईश्वरपुर, अत्रौलीलगायत ठाउँका विभिन्न जंगल र बागवानी केन्द्रमा बस्दै आएका छन् ।
कहिँले काँही हात्तीको समूहले बाँके खोला पारी पर्ने महोत्तरीको गौशाला नगरपालिकाको विभिन्न बस्तीहरुमा समेत पुगेर क्षति पुर्याउँदै आएको छ ।