logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

मलंगवामा टेलिकमको नेटवर्कमा खराबी, सेवाग्राही मर्कामा


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

मलंगवा – सदरमुकाम मलंगवा र त्यस आसपासको क्षेत्रमा आज बिहानैदेखि नेपाल टेलिकमको नेटवर्कमा खराबी देखिएको छ ।

जसका कारण सेवाग्राही मर्कामा परेका छन् । टेलिकमको नेटवर्कबाट हत्तपत्त फोन नलाग्ने र लागि हालेपनि दोहोरो कुराकानी हुन नसकेको सेवाग्राहीहरुले बताएका छन् ।

वर्षा र डुबानको समयमा टेलिकमको नेटवर्कमा यसरी खराबी आउँदा सेवाग्राहीहरु मारमा परेका छन् । सदरमुकाममा जिल्ला कार्यालय रहेका प्रहरी प्रशासनलाई समेत बाढी तथा डुबान र वर्षाले पुर्‍याइरहेको क्षतिबारे विवरण संकलन गर्न समस्या भइरहेको छ ।