हात्तीले घर भत्काएपछि बिचल्लीमा परेका सुकुम्वासीलाई राहत बाड्दै गरेका लायन्स क्लबका पदाधिकारी । (तस्बीर : उज्यालो अभियान)
रानिगन्ज – सर्लाहीको लालबन्दी नगरपालिका-१७, रानीगन्ज सुकुम्वासी बस्तीमा जंगली हात्तीले घर भत्काएपछि बिचल्लीमा परेका ७ परिवारलाई बिहिवार लायन्स क्लबले राहत वितरण गरेको छ ।
एक साताअघि जंगली हात्तीको समूहले सुकुम्वासी बस्तीका घरहरुमा क्षति पुर्याएको थियो । लायन्स क्लब अफ लालबन्दी सिटीका पदाधिकारीहरुले बिहिवार बस्तीमै पुगेर ती हात्ती पीडित परिवारहरुलाई राहत वितरण गरेका हुन् । प्रति परिवार २५ किलोको एक बोरा चामल, १ किलो दाल र १ किलो नुन प्रदान गरेको क्लबले जनाएको छ ।
राहत वितरण गर्न क्लबका नवानिर्वाचित अध्यक्ष विकल जर्गा मगर, पूर्व अध्यक्ष राजकुमार न्यौपाने, दीपेन्द्र अधिकारी लगायत रानीगन्ज पुगेका थिए । रानीगन्जका वडाध्यक्ष नवराज अधिकारीले पीडितहरुको अवस्थाबारे जानकारी गराएपछि राहत उपलब्ध गराएको लायन्स क्लबका पदाधिकारीहरुले बताएका छन् ।