logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

सर्लाहीमा सामुदायिक रेडियोको पहिलो आफ्नै भवन, चार तलाको ढलान सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी – सामुदायिक रेडियो एकताको आफ्नै कार्यालय भवन निर्माण कार्य तीव्र रुपमा अघि बढिरहेको छ ।

सोही क्रममा आज (आइतवार) चार तलाको ढलान कार्य सम्पन्न भएको छ । सर्लाही जिल्लामै पहिलो पटक सामुदायिक रेडियोको आफ्नै भवन निर्माण भइरहेको हो ।

लालबन्दी नगरपालिका वडा नं. ५ स्थित मेजरगन्जमा रेडियो एकताले निकट भविष्यमा टेलिभिजन समेत संचालनको उद्देश्य राखेर आफ्नै भवन निर्माण गरिरहेको हो । प्रदेश सभा सदस्य बेची लुंगेलीको निर्वाचन क्षेत्र विकास कोषको १० लाख रुपैयाँबाट निर्माण सुरु गरी हालसम्म ४ तले भवनको ढलान कार्य सम्पन्न भएको रेडियोका स्टेशन म्यानेजर प्रकाश मैनालीले जानकारी दिए ।

उनका अनुसार सांसद लुंगेलीको १० लाख बाहेक अन्य रकम रेडियो आफैले आम्दानी गरेर भवन निर्माण गरिरहेको हो ।

जतिसक्दो चाँडो भवन निर्माण गरेर रेडियोलाई आफ्नै भवनबाट प्रशारण गर्ने योजना अनुसार तीव्र गतिमा भवन निर्माण गरिरहेको रेडियोको भवन निर्माण समितिका संयोजक एवं संचालक समितिका सदस्य माधव प्रसाद खरेलले बताए ।

रेडियोका अध्यक्ष बेनीबहादुर कार्कीले पछिल्लो समय धेरै समाजसेवी र प्रतिष्ठित व्यक्तिहरु शेयर सदस्य बनेर भवन निर्माणमा सहयोग गरिरहेको प्रति धन्यवाद ज्ञापन गरेका छन् ।

यस रेडियो अहिले लालबन्दी नगरपालिका-९, स्थित बस्तीपुरमा भाडाको घरबाट संचालन भइरहेको छ ।