logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

प्रदेश २ का तीन मन्त्रीलाई उद्योग वाणिज्य संघ जनकपुरको सम्मान


  • उज्यालो अभियान

लालबन्दी – सर्लाही निवासी प्रदेश सरकारका मन्त्री वीरेन्द्र प्रसाद सिंहसहित प्रदेश सरकारका तीन मन्त्रीलाई सुक्रवार उद्योग वाणिज्य संघ जनकपुरले सम्मान गरेको छ ।


कांग्रेसको तर्फबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव, खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहलाई उद्योग वाणिज्य संघले सम्मान गरेको हो ।


संघका अध्यक्ष जीतेन्द्र महासेठले तीनै जना मन्त्रीलाई सम्मान तथा स्वागत गरेका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीका स्वकिय सचिव निकेश त्रिपाठीले जानकारी दिए ।