logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नारायणखोलामा बेवारिसे शव फेला, दुई जना वडा सदस्य ट्याक्टर दुर्घटनामा घाईते


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

नारायणखोला – उत्तरी चुरेभेगको दुर्गम क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका-१४, नारायणखोलामा सुक्रवार बिहान एक बेवारिसे पुरुष मृत भेटिएका छन् ।


नारायणखोलास्थित माइस्थान स्कुलदेखि अली अगाडि डाईनीतर्फ जाने खोलाको बगर छेउमै नाम, ठेगाना खुल्न नसकेको पुरुषको शव फेला परेको नारायणखोलाका वडाध्यक्ष सुबाई सिंह ब्लोनले उज्यालो अभियानलाई जानकारी गराए । अन्दाजी ७० वर्ष जतिका ती पुरुष करिव एक महिनादेखि दिनभर मागेर खाने र रात परेपछि खोलाको किनारमा बस्दै आएका थिए ।


मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पुर्‍याइएको प्रहरीले जनाएको छ । यसैबीच, हिजो (बिहिवार) लालबन्दी नगरपालिकाको छेठौं नगर सभामा सहभागी भएर फर्किदै गर्नुभएका नारायणखोलाका दुई जना वडा सदस्य ट्याक्टर दुर्घटनामा परेर घाईते भएका छन् । खाद्यान्न बोकेको ट्याक्टरको टेलरमा बसेर घरतर्फ फर्किदै गर्नुभएका वडा सदस्य इन्द्रजित वाईबा र सुन्तली माया दमाई दुर्घटनामा परेका हुन् ।

उनीहरुको ढाटमा चोट लागेको छ । माइस्थान भन्ने ठाउँमा पुगेपछि ट्याक्टरको टेलर पल्टिएको वडाध्यक्ष ब्लोनले सुनाए ।
सो दुर्घटनामा वडाध्यक्ष ब्लोनकी श्रीमती विष्णुमाया ब्लोन समेत सामान्य घाईते भएकी छिन् । ट्याक्टर पल्टिँदा सिन्धुली घर भएका एक बालक खोलामा आइरहेको बाढीमा बगेपनि उनलाई तत्कालै उद्धार गरिएको वडाध्यक्ष ब्लोनले जनाए ।


बाढी आएर खोलाको बगरको बाटो बिग्रिएका कारण नारायणखोलामा अहिले ट्याक्टर मात्रै चल्छन् ।