logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सडक खन्दा बनेको खाडलमा डुबेर बालकको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

राजघाट – बागमती नगरपालिका–६, राजघाटमा सडक खन्दा बनेको खाडलमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

आज(बुधबार) साँझ सडकमा खाडल खन्दा बनेको खाडलमा डुबेर ६ वर्षीय बालकको मृत्यु भएको हो । बागमती नगरपालिका–६, राजघाटस्थित मामा वीरबहादुर तामाङको घरमा बस्ने काभ्रे जिल्ला घर भएका देवराज योन्जनका ६ वर्षीय छोरा एलिस तामाङको सडक खन्दा बनेको खाडलमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । एलिसको शव अहिले(बुधबार) साँझ पोस्टर्माटमका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा लगिएको छ ।