logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको श्रीनगरमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु


  • उज्यालो अभियान

केही समय पहिला हरिवनको उत्तरी चुरे क्षेत्रमा देखिएको हात्ति । (तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय मलंगवा)

श्रीनगर – सर्लाहीको ईश्वरपुर नगरपालिका अन्तर्गत श्रीनगरमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

जंगली हात्तीले आक्रमण गर्दा घाईते ईश्वरपुर नगरपालिका–१३, श्रीनगर निवासी ५५ वर्षीय रामाशिष महतोको मृत्यु भएको हो । महतोलाई बुधबार बिहान साँढे १ बजे आफ्नै घर अगाडी जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट सख्त घाईते भएका महतोको लालबन्दी स्थित मोडेल अस्पतालमा उपचार गर्दागर्दै बिहान ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

छेउमै रहेको अर्को घरमा सुतेका छोराबुहारी चिच्याएको आवाज सुनेपछि आफू सुतिरहेको घरबाट टर्चलाईट बालेर बाहिर निस्कने बितिकै महतोलाई हात्तीले आक्रमण गरेको बताईएको छ । हात्तीले घरमा क्षति पुर्याउन थालेपछि छोराबुहारीले होहल्ला गर्न थालेको र छोराबुहारी चिच्याएको सुनेपछि अर्को घरमा सुतिरहेका महतो टर्च लाईट बालेर बाहिर निस्कने वितिकै आक्रमणमा परेको एक स्थानीयले बताए । हात्तीले केही घरहरुमा समेत सामान्य क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

विगत दुई महिना भन्दा बढी समयदेखि सर्लाहीको ईश्वरपुर, लालबन्दी, हरिवन लगायत पालिकाका विभिन्न गाउँका घरहरुमा क्षति पुर्याउँदै आएको तीनवटा हात्तीको समूहले पहिलो पटक मानवीय क्षति समेत गरेको छ ।