लालबन्दी – सर्लाहीको लालबन्दीस्थित ईलाका प्रहरी कार्यालयले अवैध रुपमा खोला उत्खनन गर्ने सवारी साधन नियन्त्रणमा लिन थालेको छ ।
असारदेखि भदौसम्म तीन महिना खोलानालामा उत्खनन गर्न पाइदैन् तर यहा“को कालिन्जोर र लखन्देही खोलामा लुकिछिपी उत्खनन भइरहेको पाइएपछि उत्खननमा संलग्न सवारी साधानलाई नियन्त्रणमा लिइएको हो । त्यसक्रममा एक दर्जन बढी ट्याक्टर र दुईवटा टिपर नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि नगरपालिका कार्यालयको जिम्मा लगाइएको लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले बताए ।
उनले प्रहरीको आ“खा छलेर ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन हुने गरेको पाइएपछि निगरानी बढाइएको जानकारी दिए । प्रहरीले बुझाएको सवारीलाई नगरपालिकाले पहिलो पटक जरिवाना तिराएर छाडिरहेको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका आचार्यले बताए ।
िटपरलाई जनही पा“च हजार र ट्याक्टरलाई जनही दुई हजार रुपिया“ जरिवाना तिराएर छाडिएको हो ।
असार, साउन र भदौ तीन महिना खोलानाला उत्खनन गर्न नपाइने भएकाले आफूहरुको क्षेत्रमा त्यसरी अवैध उत्खनन भएको पाइएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।