logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीमा ग्रिनेड बम पड्काईयाे


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।


पत्थरकोट – सर्लाही प्रहरीले सशस्त्र द्वन्द्वमा प्राप्त भई म्याद सकिएका ग्रिनेड बम आज (शनिवार) नष्ट गरेको छ ।

दिउँसो लालबन्दी नगरपालिकाको पत्थरकोटस्थित खोलामा उच्च सावधानी पूर्वक म्याद समाप्त भएका ग्रिनेड बम नष्ट गरिएको हो ।

नेपाली सेनाको बम डिस्पोजल टोलीको सहयोगमा ग्रिनेड बम नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनायो । ग्रिनेड डिष्पाेज गराउँदा स्थानीय स्तरमा निकै ठूलाे विष्फाेटकाे आवाज आएकाे स्थानीयले जनाएका छन् ।