सरिता सापकोटा, बागमती–मेचीमहाकाली बुहारी संयुक्त आवाज उपशाखा बागमतीले अति बिपन्न गर्भवती एवं सुत्केरीलाई खाद्यन्न सहयोग गरेको छ ।
बिहिवार बागमती नगरपालिका – ११ नम्बर वडाका सुकुम्वासी तथा अति विपन्न परिवारका सुत्केरी र गर्भवती महिलाहरुलाई खाद्यन्न सामाग्री वितरण गरिएको हो । मेचीमहाकाली बुहारी संयुक्त आवाज उपशाखा बागमतीले उक्त वडाका २० जना सुत्केरी र गर्भवती महिलाहरुलाई खाद्यन्न सामाग्री वितरण गरेको उपशाखा संयोजक सर्मिला बाँनियाले जानकारी दिईन । कोरोना संकटका कारण लामो समय निषेधाज्ञा जारी भएको र विपन्न परिवार त्यसमा पनि सुत्केरी एवं गर्भवती महिलाहरुलाई छाक टार्न समेत समस्या परेका कारण खाद्यन्न सहयोग गरिएको उन्को भनाई थियो ।
समुहले खाद्यन्न सामाग्रीमा प्रति ब्यक्ती चामल २० किलो, एक किलो दाल, एक लिटर तेल, एक पोका नुन, र साबुन वितरण गरेको जनाएको छ । बागमती नगरपालिका कार्यलय प्रांगणमा आयोजना गरिएको राहत वितरण कार्यक्रम बागमती नगरपालिका उपप्रमुख लिला कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बागमती नगरपालिका–११, का वडाध्यक्ष प्रदिप आचार्य, शाखाका जिल्ला संयोजक रम्भा काफ्ले, उपाध्यक्ष गिता माझी, कोषाध्यक्ष तथा हरिवन नगर सचिव निशा बानिया ठकुरी, जिल्ला सदस्य तथा उपशाखा हरिवन संयोजक गिता राउत, बागमती नगर सचिव नानी मैया दहाल, बागमती नगर सदस्यहरु सर्मिला रमौँली, शकुन्तला पौडेल, निर्मला पाण्डे लगाएतको उपस्थिती रहेको थियो । यस समुहले महिला अधिकारको क्षेत्रमा आवाज उठाउदैँ आएको छ ।