logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, स्थानीयद्वारा टिपरमा आगजनी


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।

हरिपूर्वा – सर्लाहीको दक्षिण-पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिका-८, बसन्तपुर मुखिया चौकमा अघि साँझ टिपर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थमै ज्यान गएको छ ।

बसन्तपुरबाट हरिपूर्वा तर्फ गइरहेको नम्वर खुलिनसकेको टिपर र विपरीत दिशाबाट आउँदै गरेको ज ७ प ९०४२ नम्वरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ईश्वरपुर नगरपालिका-१३, गौरीशंकरका ३० वर्षीय अर्जुन महतोको ज्यान गएको हो ।

दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएपछि स्थानीयवासीले टिपरमा आगजनी गरेका छन् । अहिले प्रहरी टोली पुगेर घटनास्थलको अवस्थालाई साम्य पार्ने प्रयास गरिरहेको छ ।

टिपरका चालक प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीलाई उदृत गर्दै हरिपूर्वाबाट संचारकर्मी मुकेश झाले जनाएका छन् ।