logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीको बरहथवामा २ वर्षीय बालकको पानीमा डुबेर ज्यान गयो


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

बरहथवा – सर्लाहीको बरहथवामा पानीमा डुबेर दुई वर्षका बालकको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका-५, बस्ने मुकेश गुप्ताका दुई वर्षीय छोरा ओम गुप्ताको पानीमा डुबेर मृत्यु भएको हो । बालक हिजो (मंगलवार) दिउँसोपख खेल्दै जाने क्रममा आफ्नै घरको चापा कलको फोहोर पानी जम्ने खाल्डोमा डुबेर अचेत भएका थिए ।

उनलाई तत्कालै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । मृतकको शव जिल्ला अस्पताल मलङ्गवामा पोष्टमार्टम पश्चात आफन्तले बुझेका छन् ।