logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

वर्ल्ड भिजनले दियो सीडीओलाई २५ थान बेड र ७० थान हाइजेनिक कीट


  • उज्यालो अभियान

प्रजिअ हेमराज तामाङ(दायाँ) लाई सामग्री हस्तान्तरण गर्दै बागमती सेवा समाजका अध्यक्ष भरतकुमार कार्की र रोजगार प्रवद्र्धन केन्द्रका अध्यक्ष शिवजी साह । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – बागमती सेवा समाज नेपाल हरिवन र रोजगार प्रवद्र्धन केन्द्र मलंगवाले वर्ल्ड भिजन इन्टरनेशनलको सहयोगमा आज(मंगलबार) जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

ती दुई संस्थाले २५ थान स्वास्थ्य बेड र ७० थान हाइजेनिक कीट उपलब्ध गराएका हुन् । बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की र रोजगार प्रवद्र्धन केन्द्रका निर्देशक शिवजी साहले प्रमुख जिल्ला अधिकारी हेमराज तामाङलाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । प्रजिअ तामाङले प्राप्त सामग्री आवश्यकताका आधारमा स्वास्थ्य संस्थाहरुलाई प्रदान गरिने बताएका छन् ।

उता, हेफर इन्टरनेशनल नेपालले पनि आजै(मंगलबार) लालबन्दी नगरपालिका–१६, परवानीपुरमा रहेको न्यू उदय सामाजिक उद्यमी महिला कृषि सहकारीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । हेफरले आफूहरुको संस्थालाई ५ लाख बराबरको स्वास्थ्य सामग्री खरिदका लागि चेक हस्तान्तरण गरेको सहकारीकी अध्यक्ष भक्तमाया सुनुवारले बताईन् ।