logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

४० जना एम्बुलेन्स चालकलाई पी.पी.ई. प्रदान


  • उज्यालो अभियान

चन्द्रनगर – अनुसन्धानमुलक परोपकारी संस्था भोर र सानो पाइला संस्था वीरगन्जको सहयोगमा सर्लाहीका ४० जना एम्बुलेन्स चालकलाई हिजो (सोमवार) व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पी.पी.ई. प्रदान गरिएको छ ।

कोरोना महामारीको समयमा अत्यन्तै जोखिम मोलेर बिरामीहरुको ओसारपसार गरिरहेका एम्बुलेन्स चालकहरुलाई पी.पी.ई. प्रदान गरिएको भोर संस्थाका कोषाध्यक्ष उमेश साहले जानकारी दिए । उनले जिल्लाका थप १६ वटा एम्बुलेन्सका चालकलाई पनि एक/दुई दिनमै सामग्री प्रदान गरिने बताए ।

एम्बुलेन्स चालकहरुलाई पी.पी.ई. सँगै ५० पिस सर्जिकल मास्क, एक बोतल सेनिटाइजर र १० पिस ग्लोब्स समेत प्रदान गरिएको सानो पाइला संस्थाका प्रमुख जय साहले बताउनुभयो ।