logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

ईश्वरपुरमा १२ सय बढी बालबालिकालाई ‘म्याजिक ब्याग’ वितरण


  • उज्यालो अभियान

ईश्वरपुर – सेभ द चिल्डे्र्रन र ग्रामीण नारी उत्थान संघ हरिपुरको आयोजना तथा इश्वरपुर नगरपालिकाको समन्वयमा सर्लाहीको इश्वरपुर नगरपालिकाको १५ वटै वडामा म्याजीक व्याग वितरण गरिएको छ ।

कोभीडका १९ अर्थात कोरण भाइरस संक्रमणद्धारा सिर्जीत विषस परस्थितीका कारण विधालय तथा बालविकास केन्द्रहरु पुणर् रुपमा बन्द रहेका छन् । अहिलेको अवस्थामा बालबालिकाहरुको सिकाईमा पर्न गएको प्रतिकुल असरलाई कम गर्दै उनीहरुको सिकाई र पढाईलाई प्रभावकारी रुपमा निरन्तरता दिनको लागि अभिभावकहरुको सक्रिय सहयोग अपरिहार्य छ भन्ने कुरा मनन गर्दै घरमै बालबालिकाहरुको सिकाई वातावरण गर्नका लागि म्याजिक व्याग वितरण गरिएको हो ।

म्याजिक ब्याग बाल केन्द्रित विभिन्न खेल तथा सिकाई सामाग्रीहरु भएको एउटा झोला हो । यो झोला ५ वर्ष मुनिका बालबालिकाहरुलाई लक्षित गरेर तयार पारिएको संस्थाले जनाएको छ ।

झोला भित्र विभिन्न ११ किसिमका खेल तथा सिकाई सामाग्रीहरु त्था १० प्रकारका मैथली तथा नेपाली भाषामा लेखिएका बालकथाका पुस्तकहरु राखिएका छन् । १५ वटै वडामा २०३९ झोला वितरण गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म १२५० वितरण गरिएको छ ।