logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

कोभिड अस्पताल सासापुरलाई पाँच थान अक्सिजन कन्सेट्रेटर सहयोग


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाले सासापुर स्वास्थ्य चौकीमा संचालन गरेको कोभिड-१९ अस्थायी अस्पतालालाई पाँच थान अक्सिजन कन्सेट्रेटर सहयोग गरिएको छ ।

यूएनडीपी नेपालको सहयोग तथा हरिवनमा रहेका बागमती सेवा समाज नेपाल र ग्रामीण स्वयंसेवक समाजको समन्वयमा अक्सिजन कन्सेट्रेटर सहयोग गरिएको हो । बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की र ग्रामीण स्वयंसेवक समाजका अध्यक्ष दधिराम पौडेलले हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईलाई आईतबार उक्त सामग्री हस्तान्तरण गरेका छन् । कार्यक्रममा हरिवन नगरपालिका–४, का वडाध्यक्ष धनबहादुर वाइवा, नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक शशीकान्त सिंह, सहसंयोजक एवं कोभिड फोकल पर्सन रामबाबु चौधरी, सासापुर स्वास्थ्य चौकीका इन्चार्ज श्यामविनाेद कुशवाहा, ग्रामीण स्वयंसेवक समाजका सुरज खनाल लगायतको उपस्थिति रहेको थियो । हरिवन नगरपालिकाका मेयर प्रसाईले सहयोग स्वरुप प्राप्त अक्सिजन कन्सेट्रेटरले कोरोना संक्रमितको उपचारमा ठूलाे सहयोग पुग्ने भन्दै सहयोगी संस्थाप्रति धन्यवाद ज्ञापन गरे । सासापुर कोभिड अस्पतालमा अक्सिजनको सुविधासहित जटिल अवस्थाका कोरोना सङ्क्रमितको उपचार हुँदै आएको छ भने बेला–बेलामा कोरोना परीक्षणका लागि स्वाब संकलन समेत हुँदै आएको छ ।

फाेटाे क्याप्सन : हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंलाई कन्सेट्रेटर हस्तान्तरण गरिदै । (तस्बिर : उज्यालाे अभियान)