मन्त्री सिंहलाई रानीगञ्जमा स्वागत गर्दै कांग्रेस नेताहरु ।
हरिवन – प्रदेश सरकारको मन्त्री बनेर सुक्रवार पहिलो पटक गृहजिल्ला फर्किएका कांग्रेस नेता वीरेन्द्र प्रसाद सिंहलाई स्वागत गरिएको छ ।
उनलाई सुक्रवार रानीगन्ज र गृह गाउँ धनकौलमा बेग्लाबेग्लै कार्यक्रम गरेर स्वागत गरिएको हो । कांग्रेसको तर्फबाट प्रदेश सभाका सदस्य सिंह वुधवार राती प्रदेश २ सरकारको महिला, युवा तथा खेलकुद मन्त्रीको रुपमा नियुक्त भएका थिए ।
उनलाई रानीगन्जमा पूर्वमन्त्री एवं कांग्रेसका आमन्त्रित केन्द्रिय सदस्य शम्भुलाल श्रेष्ठ, नेपाली कांग्रेस लालबन्दी नगर समितिका सभापति प्रशान्त आचार्य, प्रदेश सभा सदस्यका प्रत्यासी सेख सहदुल्ला, वडाध्यक्ष नवराज अधिकारीलगायतले फूलमाला, अबिर र दोसल्ला पहिर्याएर स्वागत गरे ।
यस्तै, मन्त्री सिंहलाई उहाँकै गाउँ धनकौलमा पनि एक कार्यक्रमका बीच पार्टीका स्थानीय नेता कार्यकर्ताले भव्य रुपमा स्वागत गरेका छन् ।