logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

हरिवनमा अतिविपन्न दलित परिवारलाई राहत बाँडियो


  • उज्यालो अभियान

राहत वितरण हुँदै ।

सन्जु कर्ण/ हरिवन – हरिवन नगरपालीकामा निषेधाज्ञाका कारण मारमा परेका अतिबिपन्न दलित परिवारलाई बिहिवार राहत बितरण गरिएको छ ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले आफ्नो आठौं स्थापना दिवसको अवसर पारेर राहत बितरण गरेको हो । हरिवन नगरपालिकाले सिफारिस गरेका नगरभित्रका २६ अतिबिपन्न दलित परिवारलाई खाद्यान्नसहित राहत बितरण गरेको केन्द्रकी राष्ट्रिय स्रोत ब्यक्ति पार्वती बिश्वकर्माले बताईन् ।

प्रत्येक परिवार लाई चामल २५ किलो, दाल २ किलो, नुन २ किलो, खाने तेल २ लिटर, अण्डा २ क्रेड, ५० एम एलको सेनिटाईजर १ बोतल, सर्जिकल मास्क ५० पिस, २ वटा हात धुने साबुन लगाएतको सामाग्री बितरण गरिएको बिश्वकर्माले जानकारी दिईन् । हरिवन नगरपालिका वडा नं।११ को कार्यालयमा राहत बितरण गरिएको कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाई, हरिवन नगरपालिका वडा नं। ११ का वडा अध्यक्ष शेष मेहबुब रेजा, वडा सदस्य तारा बिश्वकर्मा, केन्द्रका प्रतिनिधि गंगा बिश्वकर्मा, धनमाया दर्लामी, समाजसेवी अनिल हमाल लगायतको उपस्थिति रहेको थियो ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले यस अघि बागमती नगरपालिका, ईश्वरपुर नगरपालिका र लालबन्दी नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।