मलंगवा – काेराेना भाईरस संक्रमणबाट पछिल्लाे २४ घण्टामा सर्लाहीका थप चारजनाको मृत्यु भएको छ । याेसँगै मृत्यु हुनेकाे संख्या ७३ पुगेकाे छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले हालसम्म तीन हजार ५४३ जनाको परीक्षण गर्दा एक हजार ८८२ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार तीन हजार १०५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ७६७ जनामा र ४३८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै जिल्लाका ८४० जना कोरोनालाई जितेर संक्रमणमुक्त भएका छन् ।
सर्लाहीमा विभिन्न पालिकामा गरी ३६० बेड क्षमताको आईसोलेशन सेन्टर रहेको र जिल्लामा २६७ थान अक्सीजन सिलिन्डर रहेको पनि कोरोना संक्रमण विवरणको दैनिक बुलेटिन मार्फत जानकारी गराईएको छ । त्यसैगरी सर्लाहीमा काेराेना भाईरस विरुद्दकाे खाेप हालसम्म पहिलाे चरणमा ६ हजार ८२ तथा दाेस्राे चरणमा ५ हजार २० जनाले लगाएका छन् ।