logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

धरहरामा करेन्ट लागेर युवकको मृत्यु


  • उज्यालो अभियान

धरहरा – बागमती नगरपालिका–३, धरहरामा विद्युतीय करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

बागमती नगरपालिका–३ निवासी कृष्ण उप्रेतीको वंगुरपालनको लागि खोर बनाउने क्रममा मजदुरी गर्ने बागमती नगरपालिका–२ घर भएका ३३ वर्षीय हरिकृष्ण मण्डलको मृत्यु भएको हो । खोरको छाना छाउने क्रममा जस्ता पत्ता उचाल्दा गाउँमा विद्युत वितरणका लागि ल्याईएको ११ हजार भोल्टको तारमा छोएपछि मण्डल गम्भिर घाईते भएका थिए । हरिवनको सुखेपोखरी स्थित सर्लाही जिवन अस्पताल ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।