logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

मलंगवा अस्पतालमा आइपुग्यो रिएजेन्ट, आजबाट पीसीआर ल्याब चल्ने


  • उज्यालो अभियान

मलंगवा – सर्लाही जिल्ला अस्पताल मलंगवामा रिएजेन्ट आइपुगेको छ ।

पीसीआर ल्याब चलाउन आवश्यक पर्ने मास्टर मिस्क रिएजेन्ट सकिँदा गएको सुक्रवारदेखि ल्याब बन्द गर्नुपरेको थियो ।

स्वास्थ्य निर्देशनालय जनकपुरबाट गएराती (आइतवार राती) रिएजेन्ट आइपुगेको र आजबाट ल्याब पूर्ववत् रुपमा सूचारु हुने जिल्ला अस्पताल मलंगवाका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नवल किशोर झाले उज्यालो अभियानसँग जानकारी दिए ।

तीन दिन ल्याब बन्द हुँदा जिल्ला अस्पताल मलंगवामै पुगेर थ्रोट स्वाब दिएका तथा सासापुर, परवानीपुरलगायतका स्थानबाट लगिएको स्वाबको चार÷पाँच दिन भइसक्दा समेत रिपोर्ट आउन सकेको छैन् ।

ल्याब टेक्नोलोजिष्ट रवीन्द्र रानाभाटले आज (सोमवार) बाट ल्याब सूचारु भएपनि सबैतिरबाट आएको स्वाबको रिपोर्ट आउन भोलीसम्म लाग्ने बताउनु बताए । उनका अनुसार ल्याबमा एक पटकमा ९३÷९४ जनाको स्वाब जाँच गर्न मिल्छ ।

यसैबीच सर्लाहीमा आइतवार (७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्ला प्रशासन कार्यालयले दैनिक बुलेटिन निकालेर गएको २४ घण्टामा जिल्लाभर ७९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको जनाएको हो । यो अवधीमा ४८ जना नयाँ संक्रमित थपिएका छन् ।

हाल जिल्लाभर १७ सय ६८ जना व्यक्तिमा दोस्रो चरणको कोरोना संक्रमण पुष्टी भएको छ भने ७५९ जना संक्रमणमुक्त भइसकेका छन् । ६८ जना संक्रमितको भने ज्यान गएको छ । गएको २४ घण्टामा एक जना संक्रमितको मात्रै ज्यान गएको कार्यालयले जनाएको छ ।

केही दिनदेखि संक्रमणमुक्त हुनेहरुको संख्या दिनहुँ बढ्दो र मृत्युदर घट्दो रहेको सहायक प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भूमिश्वर पोखरेलले दिए ।