logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

काेराेनाबाट सर्लाहीका थप तीनजनाकाे मृत्यु


  • उज्यालो अभियान

मलंगवा – काेराेना भाईरस संक्रमणबाट सर्लाहीका थप तिनजनाको मृत्यु भएको छ । याेसँगै मृत्यु हुनेकाे संख्या ६४ पुगेकाे छ ।

त्यस्तै बुधबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले हालसम्म २ हजार नौँ सय ८७ जनाको परीक्षण गर्दा १ हजार ५ सय ७५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार दुई हजार पाँच सय ६१ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय ६० जनामा र चार सय २६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १५ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल जिल्लामा एक हजार ३९ जना सक्रिय संक्रमित रहेको प्रशासन कार्यालयकाे बुलेटिनमा प्रकाशित छ । यस्तै कोरोना सङ्क्रमणका कारण हिजो ३ जनाको ज्यान गएको छ । त्यस्तै जिल्लाका ४७५ जना कोरोनालाई जितेर संक्रमणमुक्त भएका छन् ।

सर्लाहीमा विभिन्न पालिकामा गरी ३६० बेड क्षमताको आईसोलेशन सेन्टर रहेको र जिल्लामा २६७ थान अक्सीजन सिलिन्डर रहेको पनि कोरोना संक्रमण विवरणको दैनिक बुलेटिन मार्फत जानकारी गराईएको छ।