logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

बरहथवालाई हेल्भेटासले दियो अक्सिजन क्न्सेट्रेटर मेशिन सहितका स्वास्थ्य सुरक्षा सामग्री


  • उज्यालो अभियान

नगरपालिकालाई आएको सामग्री । (तस्बिर सौजन्य : रुपेश कर्ण)

बरहथवा – हेल्भेटास स्वीस ईन्टरकोअपरेशन नेपालले बरहथवा नगरपालिकालाई अक्सिजन कन्सेट्रेटर मेसिन सहित नौ लाख ११ हजार रुपैंया बराबरको स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

कोरोना भाईरस दोस्रो भेरियन्टको संक्रमण फैलनबाट रोक्नका लागि नगरपालिकाको अभियानलाई सहयोग पुगोस् भन्दै हेल्भेटासले अक्सिजन उत्पादन गर्ने ३ वटा कन्सेट्रेटर मेशिन, पल्स अक्सोमिटर ५ थान, विद्युतीय सेक्सन मेशिन २ थान, किडनी ट्रे ५ थान, बेड प्यान १० थान, मेडिसिन ट्रली २ थान, पीपीई सेट ५ थान, ह्याण्ड सेनिटाईजर १० लिटर, ईन्फ्रारेड थर्मामिटर २ थान, फेस मास्क हजार पिस र सर्जिकल ग्लोब्स १०० थान प्रदान गरेको हो । आईतबार दिउँसो हेल्भेटासले तोकेको सप्लायर्स कम्पनीले सोझै नगरपालिका कार्यालयमा स्वास्थ्य सुरक्षा सामग्री ल्याईदिएको बरहथवा नगरपालिकाका रुपेश कर्णले जानकारी दिए ।

हेल्भेटासको सहयोगले बरहथवा नगरपालिकाको कोरोना भाईरस संक्रमण नियन्त्रण अभियानलाई निकै टेवा पुग्ने विश्वास गर्दै मेयर देवानन्द महतोले हार्दिक धन्यवाद सहित आभार प्रकट गरेका छन् । बरहथवा नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरेको आईसोलेसन सेन्टरमा अक्सिजन अभाव हुँदा बीरामीको उपचारमा निकै समस्या पर्दै आएको गुनासो आईरहेको थियो ।