logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

हरिवनमा फेरि १८ जना कोरोना संक्रमित थपिए


  • उज्यालो अभियान

संक्रमितकाे कन्ट्याक्ट ट्रेसिङमा परेका तथा शंकाष्पद देखिएपछि शुक्रबार बिहान सासापुर स्थित काेभिड-१९ अस्पतालमा थ्राेट स्वाब दिन आएका सर्बसाधारणलाई भीटीएम वितरण गर्दै हरिवनका मेयर गणेशप्रसाद प्रसाईं । (तस्बिर : उज्यालाे अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाले पछिल्लो पटक गत मंगलबार संकलन गरेर पठाएको ३० जनाको थ्रोट स्वाब मध्ये १८ जनामा कोरोना भाईरस देखिएको छ । यो सँगै कोरोना संक्रमणको दोस्रो कहरकालमा हरिवन नगरपालिकाले पाँचौं पटकसम्म संकलन गरेर पठाएको ३२० थ्रोट स्वाब मध्ये २०५ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो ।

विहिबार साँझ आएको रिपोर्ट अनुसार हरिवन नगरपालिकाका १८ जनालाई कोरोना भाईरस पोजेटिभ देखिएको कोभिड फोकल पर्सन रामबाबु चौधरीले जानकारी दिए । ११ जना पुरुष र ८ जना महिलालाई पोजेटिभ देखिएको हो ।

यसअघि बुधबार बिहान नगरपालिकालाई प्राप्त विवरण अनुसार १०५ जना मध्ये ७८ जनामा कोरोना भाईरस देखिएको थियो । त्यसअघि ३५ पुरुष र २३ महिला गरि ५८ जनाको थ्रोट स्वाब संकलन गरेर परिक्षणका लागि मलंगवा पठाएकामा १० महिला र १३ जना पुरुष गरि २३ जनामा संक्रमण देखिएको थियो।

त्यस्तै अघिल्लो पटक ४० जना पुरुष र ३३ जना महिला गरि ७३ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि मलंगवा पठाएकामा ४६ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको थियो भने वैशाख २९ गते ५४ जनाको स्वाब संकलन गरेर परीक्षण गराउँदा ४० जनामा पोजेटिभ देखिएको थियो ।

हरिवन नगरपालिकाले आज (शुक्रबार)पनि छैठौं पटक नगरबासीको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि सदरमुकाम मलंगवा पठाउँदै छ । अहिले सासापुर स्थित कोभिड अस्थायी अस्पतालमा स्वाब संकलनको काम भईरहेको चौधरीले बताए । संक्रमण समुदाय स्तरमा फैलिएकाले कन्ट्याक्ट ट्रेसिङमा परेका एवं शंकाष्पद्हरुको निरन्तर थ्रोट स्वाब संकलन गरिने हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंले जानकारी दिए । मेयर प्रसाईंले कोरोना भाईरस संक्रमण समुदाय स्तरमै फैलिएकाले लापरबाही नगर्न र अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन आम नगरबासीमा आग्रह गरेका छन् ।