logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

हरिवनमा संकलित थ्राेट स्वाबमा ११० जना संक्रमित पुगे


  • उज्यालो अभियान

संक्रमितकाे कन्ट्याक्ट ट्रेसिङमा परेका तथा शंकाष्पद देखिएपछि शुक्रबार बिहान सासापुर स्थित काेभिड-१९ अस्पतालमा थ्राेट स्वाब दिन आएका सर्बसाधारणलाई भीटीएम वितरण गर्दै हरिवनका मेयर गणेशप्रसाद प्रसाईं । (तस्बिर : उज्यालाे अभियान)

हरिवन – सर्लाहीकाे हरिवन नगरपालिकाले गत बुधबार संकलन गरेर पठाएकाे थ्राेट स्वाब मध्ये फेरि २३ जना काेराेना संक्रमित फेला परेका छन् ।

नगरपालिकाले गत बुधबार ३५ पुरुष र २३ महिला गरि ५८ जनाकाे थ्राेट स्वाब संकलन गरेर परिक्षणका लागि मलंगवा पठाएकाे थियाे । जसमध्ये १० महिला र १३ जना पुरुष गरि २३ जनामा संक्रमण देखिएकाे हाे । याे सँगै हरिवनबाट विभिन्न मितिमा संकलन गरेर पठाईएकाे १८५ जनाकाे थ्राेट स्वाब परीक्षण गर्दा ११० जना संक्रमित पुगेका छन् । केही संक्रमितहरु भने हरिवन नपा बाहिरका रहेकाे बताईएकाे छ ।

यसअघि साेमबार ४० जना पुरुष र ३३ जना महिला गरि ७३ जनाकाे थ्राेट स्वाब संकलन गरेर परीक्षणका लागि मलंगवा पठाएकामा ४६ जनामा काेराेना भाईरस पाेजेटिभ देखिएकाे थियाे भने वैशाख अन्तिम साता ५४ जनाकाे स्वाब संकलन गरेर परीक्षण गराउँदा ४१ जनामा पाेजेटिभ देखिएकाे थियाे ।

यसैबिच आज (शुक्रबार) हरिवन नगरपालिकाले पुनः १०५ जनाकाे थ्राेट स्वाब संकलन गरेर परीक्षणका लागि मलंगवा पठाएकाे छ । हरिवन नगरपालिका काेभिड फाेकल पर्सन एवं जनस्वास्थ्य निरीक्षक रामबाबु चाैधरीका अनुसार शुक्रबार सासापुर स्वास्थ्य चाैकी परिसरमा रहेकाे काेभिड-१९ अस्थायी अस्पतालमा ५३ महिला र ५२ जना पुरुषकाे स्वाब संकलन गरेर परीक्षणका लागि मलंगवा पठाईएकाे छ । जिल्ला स्थित अन्य पालिकाहरुले आर्थिक अभाव लगाएत विभिन्न बहानामा पीसीआरकाे दर निकै कम गरेपनि हरिवन नगरपालिकाले भने सातायता हरेक दुईदिनमा थ्राेटस्वाब संकलन गरिरहेकाे छ । यसअघि संक्रमित भएकाहरुकाे कन्ट्याक्ट ट्रेसिङमा परेका एवं शंकाष्पद्हरुकाे निरन्तर थ्राेट स्वाब संकलन गरिने हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंले जानकारी दिए ।

काेराेना दाेस्राे कहरकालमा आउन थालेकाे रिपाेर्ट अनुसार समुदाय स्तरमा काेराेना भाईरस संक्रमण व्यापक रुपमा फैलिएको पुष्टी हुने चिकित्सकहरु बताउँछन् । सर्लाहीमा परीक्षणकाे रिपाेर्ट अनुसार ७५ प्रतिशत भन्दा बढीमा काेराेना भाईरस देखिएकाे छ ।