ईश्वरपुर – ईश्वरपुर नगरपालिकालाई बिहिबार स्वास्थ्य सामग्री प्राप्त भएको छ ।
बिहिबार दिउँसाे एक कार्यक्रमका बिच ग्रामिण नारी उत्थान संघ हरिपुर र सेभ द चिल्ड्रेनको सहयोगमा संचालित समुन्नती परियोजना अन्तर्गत ईश्वरपुर नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । संस्थाले कोरोना भाईरसको संक्रमण र संक्रमितको मृत्युदर न्यूनिकरणका “आफूँ बाँचौ र अरुलाई पनि बचाँऔ”, “कोरोना विरुद्ध सामुदायिक अभियान” अन्तर्गत पिपिई १३० थान, ५०० ग्रामको सेनिटाईजर तिस बोतल, ४०० पिस ग्लोव्स, एक थान इन्फ्रारेड थर्मामिटर गरी जम्मा ४ लाख ३९ हजार ९६६ रुपैँया बराबरको सामग्रीे ईश्वरपुरका स्वास्थ्य संयोजक सुगेन्द्र महतोलाई हस्तान्तरण गरेको छ ।
त्यस्तै, शुक्रबारबाट ईश्वरपुर र हरिपुर नगरपालिकामा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र ग्रामिण नारी उत्थान संघको आयोजनामा कोरोना भाइरसको संक्रमण तथा मृत्युदर न्यूनिकरण गर्नको लागी जनचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको संस्थाले जनाएको छ ।