logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

पत्रकारका लागि स्वास्थ्य सामग्री जुटाउँदै महासंघ, स्मुति सौम्या हेल्य केयरद्धारा मास्क र सेनिटाइजर प्रदान


  • उज्यालो अभियान

पत्रकार महासंघ सर्लाही शाखालाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्दै डा. झा (बायाँ) ।

मलंगवा – पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ सर्लाही शाखाले जिल्लाका सक्रिय पत्रकार र संचारमाध्यमहरुलाई सहयोग गर्नका लागि स्वास्थ्य सुरक्षाका सामग्री जुटाउन सुरु गरेको छ ।

महासंघले विभिन्न मनकारी व्यक्ति तथा सामाजिक संघसंस्थाहरुसँग सहयोग मागेर पत्रकारहरुका लागि कोरोना भाइरसको संक्रमणबाट सुरक्षित भई काम गर्न स्वास्थ्य सुरक्षाका सामग्री जुटाउन सुरु गरेको हो । सोही क्रममा शनिवार सदरमुकाम मलंगवा नगरपालिका वडा नं. १० मा रहेको स्तुति सौम्या हेल्थ केयरले ५ सय थान मास्क र २५ बोतल सेनिटाइजर सहयोग गरेको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंकबहादुर क्षेत्रीले जानकारी दिए ।

हेल्थ केयरका संचालक डा. गुणेश्वर झाले महासंघका सचिव सुनिल ठाकुरलाई सो सामग्री हस्तान्तरण गरेका हुन् । यसरी संकलित स्वास्थ्य सुरक्षाका सामग्री केही दिनभित्रै पत्रकार र संचार माध्यमहरुलाई वितरण गर्न सुरु गरिने अध्यक्ष क्षेत्रीले बताए ।