logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाहीको बरहथवामा तीन तले घरको छतबाट खसेर एक महिलाको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

बरहथवा – सर्लाहीको बरहथवामा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका वडा नं. ५ बस्ने पूर्णबहादुर थापा मगरकी श्रीमती ५१ वर्षीय गीता थापा मगरको आफ्नै तीन तले घरको छतबाट खसेर मृत्यु भएको हो ।

शनिवार बिहान ७ बजेतिर लुगा सुकाउने क्रममा अचानक छतबाट खसेर गम्भीर घाईते भएकी मगरको उपचारका क्रममा नेशनल मेडिकल कलेज वीरगन्जमा दिउँसो साँढे २ बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

मगरका श्रीमान पूर्णबहादुरले सोही घरमा मुनलाईट आवासिय विद्यालय सञ्चालन गर्दै आएका छन् ।