हरिवन – सर्लाहीको हरिवन नगरपालिका वडा नं. ११ का वडाध्यक्ष शेष मेहबुब रेजाले बिहिवार हरिवन–५, घुर्कौलीस्थित द्वन्द्व पीडित बाल गृहमा खाद्यान्न सहयोग गरेका छन् ।
कोरोना संकटले गर्दा आश्रममा आश्रीत बालबालिकाको पालनपोषणमा अप्ठेरो नपरोस् भन्ने उद्देश्यले वडाध्यक्ष रेजाले १८ हजार रुपैयाँ बराबरको खाद्य वस्तु प्रदान गरेका हुन् । उनले बाल गृहमा २ बोरा चामल, ५ लिटर तेल, २ पोका नुन, १०÷१० किलो आलु र प्याजलगायतका खाद्यान्न सहयोग गरेको आश्रमले जनाएको छ । ं
खाद्यान्न हस्तान्तरण गर्न वडाध्यक्ष रेजा, हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, एमाले नेता एवं बाल गृहका अध्यक्ष सुरेन्द्र लामा, सुनचाँदी व्यवसायी संघ हरिवनका अध्यक्ष निरन्जन साह, युवा नेताहरु अनिल हमाल, युवराज आचार्यलगायत बाल गृहमा जम्मा भएका थिए ।
वडाध्यक्ष रेजाले यसअघि देखिनै यस्ता विभिन्न किसिमका सामाजिक काम गर्दै आएका छन् ।