logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

जिल्ला अस्पतालमा आज ४३ जनाको थ्रोट स्वाब संकलन, हरिवन र बागमतीको रिपोर्ट आजै आउने


  • उज्यालो अभियान

केही दिनअघि सासापुर स्वास्थ्य चौकीमा थ्रोट स्वाब संकलन गरिँदै । (फाईल तस्बिर)

मलंगवा – सर्लाहीको जिल्ला अस्पताल मलंगवामा बिहिवार ४३ जनाको थ्रोट स्वाब संकलन गरिएको छ ।

कोरोना संक्रमणसँग मिल्ने लक्षण देखा परेर आएका ४३ जना व्यक्तिको थ्रोट स्वाब संकलन गरिएको पीसीआर ल्याबका टेक्नोलोजिष्ट रवीन्द्र रानाभाटले जानकारी दिए । अस्पतालमा बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म निःशुल्क रुपमा थ्रोट स्वाब संकलन गरेर परीक्षण गरिँदै आएको छ ।

पीसीआर ल्याबमा वुधवार साँझ ९३ जनाको स्वाब परीक्षण गर्दा ५५ जनाको पोजिटिभ रिपोर्ट आएको थियो । यस्तै, बिहिवार पनि पीसीआर ल्याब चलाउने तयारी भइरहेको ल्याब टेक्नोलोजिष्ट रानाभाटले बताए ।

उनले बिहिवार हरिवन र बागमतीबाट हिजो संकलन गरेर लगिएको थ्रोट स्वाब परीक्षण हुने जानकारी दिए । वुधवार बागमतीबाट ७१ जना र हरिवनबाट ५४ जनाको स्वाब संकलन गरी जिल्ला अस्पताल मलंगवाको पीसीआर ल्याबमा पु¥याइएको छ ।