कोरोना संक्रमणबाट मृत्यु भएका मलंगवाका पहिलो संक्रमितको केही दिनअघि शव व्यवस्थापन गर्दै सेनाको टोली । (फाईल तस्बीर : उज्यालो अभियान)
बयलवास – सर्लाहीको बयलवासमा कोरोना संक्रमणबाट एक बोडिङ स्कुलका संचालकको ज्यान गएको छ ।
ईश्वरपुर मनकामना अग्र्रेजी आवासिय विद्यालय ईश्वरपुर नगरपालिका–६, बयलवासका संचालक अन्दाजी ५६ वर्षीय शमुउद्धिन मिकरानीको ज्यान गएको हो । ज्वरो आउनुका साथै श्वास फेर्न गाह्रो भएपछि मिकरानी उपचारका लागि जनकपुर हुँदै काठमाण्डौं पुगेका थिए ।
उनको काठमाण्डौंमा उपचारका क्रममा बिहिवार बिहानपख ज्यान गएको परिवारलाई उद्रित गर्दै ईश्वरपुर नगरपालिका–६, का वडाध्यक्ष रहमान अन्सारीले जानकारी दिए ।