मलंगवा – सर्लाहीमा ५५ जना कोरोना संक्रमित थपिएका छन् ।
वुधवार साँझ अबेर जिल्ला अस्पतालको पीसीआर ल्याबमा ९३ जनाको थ्रोट स्वाब परीक्षण गर्दा ५५ जनाको पोजिटिभ रिपोर्ट आएको अस्पतालका कोभिड फोकल पर्सन एवं जनस्वास्थ्य निरीक्षक श्रीप्रसाद साहले जानकारी दिए । उनका अनुसार अस्पतालमै पुगेर थ्रोट स्वाब लिएकाहरुको पीसीआर जाँच गरिएको हो ।
वुधवार साँझको सो रिपोर्ट आउनु अघिसम्म सर्लाहीमा कोरोना संक्रमितको संख्या ४४० पुगेको थियो ।