logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

९३ जनाको स्वाब परीक्षण गर्दा ६३ जनामा संक्रमण


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीको जिल्ला अस्पताल मलंगवामा ९३ जनाको थ्रोट स्वाब परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पाइएको छ ।

पीसीआर ल्याबका टेक्नियिसन रवीन्द्र रानाभाटका अनुसार ९३ जनाको पीसीआर जाँच गर्दा ६३ जनाको पोजिटिभ रिपोर्ट आएको हो । यस्तै, अस्पतालमा सोमवार ५४ जनाको थ्रोट स्वाब संकलन गरिएको रानाभाटले जानकारी दिनुभयो । उहाँले ल्याबमा परीक्षण बढाउँदै लगिएको बताए ।

मलंगवाको जिल्ला अस्पतालमा बैशाख १७ गते पीसीआर ल्याब सञ्चालन भएपछि परीक्षण बढाउन थालिएको हो ।

अस्पतालमा महिनौँ थन्किएको पीसीआर मेसिन बल्लतल्ल सञ्चालनमा आएपनि थन्काएरै राखिएको भेन्टिलेटर र आइसियू ठाउँको अभाव तथा दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन सकिरहेको छैन् ।