logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

पेट्रोल छर्किएर छिमेकीको हत्या गर्ने पक्राउ


  • उज्यालो अभियान

कालिन्जोर – छिमेकीलाई पेट्रोल छर्की आगो लगाएको अभियोगका फरार प्रतिवादीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

गत वैशाख २० गते ईश्वरपुर नगरपालिका–१२, घारीबथानका ५८ वर्षिय शियाशरण रायलाई पेट्रोल छर्की आगो लगाएर फरार भएका स्थानिय ३५ वर्षिय शिवजी साहलाई प्रहरीले पक्राउ गरेको हो ।

साहलाई ईलाका प्रहरी कार्यालय, केशरगञ्जका प्रहरी निरिक्षक जनकराज ढुंगानाको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपाल–भारत सिमावर्ती क्षेत्रस्थित मलंगवा नगरपालिका–५, भाडसरमा फेला पारेको हो ।

साहले पेट्रोल छर्की आगो लगाउँदा घाईते भएका शियाशरण रायको लालगढ मोडेल अस्पतालमा सामान्य उपचार पश्चात काठमाण्डौँस्थित किर्तिपुर अस्पतालमा थप उपचारका क्रममा गत २१ गते मृत्यु भएको सर्लाही प्रहरी प्रमुख एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।

पक्राउ परेका साहले आफूँ वैदेशिक रोजगारीमा रहँदा मृतक रायले आफ्नो श्रीमति परपुरुषसँग लागेको भन्ने गाँउमा हल्ला फैलाएर आफ्नो परिवारको बेईज्जति गरेकाले रिसमा आएर घटना घटाएको स्वीकार गरेका छन् ।

घटनाको अनुसन्धान गर्ने क्रममा घटना हुनुको मुख्य कारण आपसी रिसिईबी नै रहेको पाईएको प्रहरीले जनाएको छ ।