logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीको हरिवनमा सिलौटाले प्रहार गरी श्रीमतीको हत्या


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

हरिवन – हरिवन नगरपालिका–११ का एक युवकले मसला पिस्ने सिलौटाले हानेर श्रीमतीको हत्या गरेका छन् ।

घरयासी विवादमा ३५ वर्षीय विजयलाल कर्णले ३२ वर्षीय श्रीमती उषादेवीको टाउकोमा सिलौटाले प्रहार गरेका थिए । उषादेवीको घटनास्थलमै आइतवार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ। विजयलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको कुँवरले बताए ।

लालबन्दी नगरपालिका–२ नवलपुर, पुनर्वास स्थायी घर घएका उनीहरु हरिवन–११ मा भाडाको घरमा बस्दै आएका थिए ।