logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

मलंगवामा डीसीसीएमसीको बैठक, पालिकाहरुको भूमिका सशक्त बनाउने निर्णय


  • उज्यालो अभियान

मलंगवामा आज जिल्ला समन्वय समितिको सभा हलमा बसेको डीसीसीएमसीको बैठक ।

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा आज जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बसेको छ ।

जिल्ला समन्वय समितिका प्रमुख, पालिका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु र अन्य सरोकारवालाहरुको उपस्थितिमा जिल्ला समन्वय समितिको हलमा बसेको बैठकले संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले गरेका निर्णयहरु कार्यान्वयन गर्ने र स्थानीय तहहरुको भूमिकालाई सशक्त बनाउने निर्णय गरेको नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले जानकारी दिए ।

स्थानीय पालिकाहरुले अब परीक्षण बढाउन, कन्ट्याक टे«सिङ गर्न, क्वारेन्टिन तथा आइसोलेसनको व्यवस्थापन गर्न, जटिल समस्या भएकालाई उपचारको व्यवस्था मिलाउन पहल गर्नेलगायतका निर्णय भएका छन् ।

जिल्लाका पालिकाहरुले यो पटक संक्रमणका बेला तदारुकता नदेखाएको भन्दै चर्को आलोचना भइरहेको छ ।