logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

कालोबजारी बढेको गुनासो आयो, त्यसो नर्गनुस् : उद्योग वाणिज्य संघ लालबन्दी


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

लालबन्दी – सर्लाहीको लालबन्दी बजारमा दैनिक उपभोग्य वस्तु र अन्य सरसामग्रीको अस्वभाविक मूल्य वृद्धि गरिएको प्रति उद्योग वाणिज्य सङ्घले ध्यानाकर्षण जनाएको छ ।

सङ्घले वुधवार सूचना निकालेर महामारीको विषम परिस्थितिको दुरुपयोग गर्दै बजारमा दैनिक उपभोग्य वस्तुहरु लगायत अन्य आवश्यक वस्तुहरुमा कृत्रिम अभाव सिर्जना गरी अस्वभाविक रुपले मूल्य वृद्धि गरिएको भन्ने विभिन्न निकाय, उपभोक्ता लगायत जनसमुदायबाट गुनासो आएको उल्लेख गरेको छ ।

सङ्घका महासचिव दीपेन्द्रकुमार बलम्पाकीले हस्ताक्षर गरेको सो सूचनामा अहिलेको अप्ठेरो परिस्थितिमा सेवाभावको धारणाले आफूसँग रहेको सम्पूर्ण वस्तुहरु सहज, सर्बसुलभ र उचित मूल्यमा उपलब्ध गराउन उद्योगी, व्यवसायीहरुलाई आग्रह समेत गरिएको छ ।

कालोबजारी गर्दा हुने कानुनी कारवाहीबारे उद्योग वाणिज्य सङ्घले बजारका व्यापारीहरुलाई सूचनामार्फत सचेत पनि गराएको छ । त्यस्तै महासचिव बलम्पाकीले बजारमा व्यापार गर्न बसेका व्यापारी र किनमेलका लागि आउने ग्राहकहरुलाई मास्क लगाउने, भौतिक दूरी कायम गर्ने जस्ताअन्य स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् ।

दोस्रो लहरमा कोरोना सङ्क्रमण बढेर धमाधम निषेधाज्ञा हुन थालेपछि यहाँका बजारहरुमा अहिले हरेक सरसामग्रीको मूल्य बढाइएको छ ।