logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

लालबन्दी नगरपालिका भित्रका विद्यालय अनिश्चितकालिन बन्द


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालय बन्द गरिएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले हिजो गरेको निर्णयानुसार नगरपालिकाभित्रका विद्यालयमा भोली बैशाख १४ देखि अर्को आदेश नहुन्जेलसम्मका लागि भौतिक उपस्थितिमा हुने पठनपाठन बन्द गर्ने निर्णय गरिएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाले जानकारी दिए । उनले विद्यालय बन्द भएपनि भर्चुअल र अन्य माध्यमबाट भने पठनपाठन गराइने बताए ।

उनले नगरपालिकाको निर्देशन विपरीत कुनै पनि विद्यालयले पठनपाठन सञ्चालन गरे त्यसबाट कुनै क्षति भए त्यसमा विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सीपल जिम्मेवार हुने बताए । जिल्लाका २० स्थानी तहमध्ये लालबन्दी नगरपालिकाले आज पहिलो निर्णय गरेर विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।