logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

नवलपुर सर्पदंश उपचार केन्द्रको संचालन व्यवस्थापन समिति गठन


  • उज्यालो अभियान

नवलपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको नवलपुर सर्पदंश उपचार केन्द्रको नयाँ संचालन व्यवस्थापन समिति गठन भएको छ ।

उद्धव पौडेल अध्यक्ष रहने गरी १५ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो । समितिमा आशादेवी महतो उपाध्यक्ष, प्रदीप कुमार महतो सचिव, शेखरकुमार दास सहसचिव, दीपककुमार श्रेष्ठ कोषाध्यक्ष र अन्य सदस्य रहेका छन् ।

यसअघि पहिलो पटक भएको भेला गणपुरक संख्या नपुगेपछि समिति चयन नगरी स्थगित भएको थियो ।