logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

लायन्स क्लबद्वारा ट्राफिक प्रहरीलाई मास्क हस्तान्तरण


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी बजारमा खटिने ट्राफिक प्रहरीलाई आइतवार (आज) लायन्स क्लब अफ लालबन्दी सिटीले मास्क हस्तान्तरण गरेको छ ।

बजार क्षेत्रमा मास्क नलगाई हिँड्नेहरुलाई एक पटक सम्झाइबुझाई गरी मास्क प्रदान गर्नका लागि ट्राफिक प्रहरीलाई ५५० थान मास्क सहयोग गरिएको क्लबका अध्यक्ष राजकुमार न्यौपानेले बताए ।

जिल्लाका विभिन्न प्रहरी युनिटहरुले अहिले सचेतनामूलक हिसाबले ‘तपाईको मास्क खोई’ अभियान सञ्चालन गरिरहेका छन् । तर कोरोना संक्रमणको दोस्रो लहर बढिरहे पनि यस क्षेत्रमा सर्वसाधारणले मास्क लगाउनेदेखि स्वास्थ्यका अन्य सामान्य मापदण्ड समेत पालना गरेका छैनन् ।