सर्लाहीको मनुषमारास्थित हावापानी मापन केन्द्र । (तस्बिर : उज्यालो अभियान)
लालबन्दी – सर्लाहीको तापक्रम आज एकैदिन ह्वात्तै बढेर ३९ डिग्री सेल्सीयस पुगेको छ ।
बिहानैदेखि चर्को घाम लागिरहेको यस क्षेत्रको तापक्रम आज एकैदिनमा अत्यधिक बढेको हो । अन्य दिन यस क्षेत्रको तापक्रम अधिकतम ३५ डिग्री सेल्सीयससम्म पुग्ने गरेको थियो । तर आज एकैदिन ४ डिग्री सेल्सीयससम्म वृद्धि भएको हो ।
मध्यान्हसम्म ३८ डिग्री सेल्सीयस हाराहारीमा रहेको तापक्रम दिउँसोपख थप बढेर ३९ डिग्री सेल्सीयस पुगेको हो । चर्को घाम, तातो हावा र अत्यधिक गर्मीले यहाँको जनजीवन आज बिहानैदेखि प्रभावित भइरहेको छ ।
अचानक बढेको गर्मी र चर्को घामले दैनिक ज्याला मजदुरी गर्ने मानिसहरु तथा धूलाम्मे कच्ची सडक भएर ओहोरदोहोर गर्नेहरु प्रभावित बनेका छन् ।