logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

भूमिहीनलाई जग्गा उपलब्ध गराउन गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र


  • उज्यालो अभियान

चन्द्रनगर – भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया १५ दिनभित्र सुरु गर्न माग गर्दै मंगलवार सर्लाहीको चन्द्रनगर गाउँपालिकालाई ज्ञापन पत्र बुझाइएको छ ।

भोर नामक संस्थाको अगुवाईमा भूमिहीन दलित र भूमिहीन सुकुम्वासीको तर्फबाट गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोलाई ज्ञापन पत्र बुझाइएको हो । गाउँपालिकाभित्र बसोवास गर्ने सम्पूर्ण भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई कुनै किमिसको पक्षपात नगरी भूमी आयोगको कार्यविधी तथा मापदण्डले व्यवस्था गरे बमोजिमको जग्गा ६ महिनाभित्र उपलब्ध गराउन ज्ञापन पत्रमार्फत माग गरिएको भोर संस्थाका अध्यक्ष पाचु माझीले जानकारी दिए ।

माग बमोजिमको प्रक्रिया र काम तोकिएको समयावधीभित्र सुरु नभए विभिन्न स्वरुपको चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी दिइएको छ । जिल्लाका विभिन्न ६ स्थानीय तहले लगत संकलनको कार्य सम्पन्न गरिसकेको र केही स्थानीय तह जग्गाधनी प्रमाण पत्र वितरण गर्ने चरणमा समेत प्रवेश गरिसकेको विषयमा समेत गाउँपालिका अध्यक्षको ध्यानाकर्षण गराइएको भोरका अध्यक्ष माझीले बताए ।