प्रतिकात्मक तस्बिर
बलरा – दक्षिणी भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको बलरा नगरपालिका–५, अर्नाहामा आगलागीमा परेर एउटा घर जलेर नष्ट भएको छ ।
आगलागीबाट अर्नाहा भन्सार टोल बस्ने सियाराम महतोको फुस र खपडाको छानो भएको कच्ची घर जलेर खरानी भएको हो । घरमा आगलागी हुनुको कारण खुलेको छैन् ।
आगोले घर र घरभित्र रहेका सरसामग्री जलेर नष्ट हुँदा एक लाख बराबरको क्षति भएको पीडित परिवारले बताएका छन् । वुधवार दिउँसोपख भएको आगलागी गाउँले र प्रहरी चौकी अर्नाहाबाट खटिएको प्रहरी मिलेर नियन्त्रणमा लिएका थिए ।
सुक्खा र हावाहुरी चल्ने अहिलेको याममा लापरवाही गर्दा आगलागीका घटना बढिरहेका छन् । त्यसबाट धेरै परिवार बिचल्लीमा परिरहेका छन् भने जनधनको क्षति भइरहेको छ ।