logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

पत्रकार अलीले दिए महासंघको भवन बनाउन १ लाख २० हजार


  • उज्यालो अभियान

हरिवन – पत्रकार बख्तीयार अलीले नेपाल पत्रकार महासंघ सर्लाही शाखाको भवन तयार गर्न १ लाख २० हजार रुपैयाँ सहयोग गरेका छन् ।

महासंघले वुधवार नयाँ वर्षको अवसरमा हरिवन नगरपालिका–८, स्थित वनबाटिकामा आयोजना गरेको बनभोज कार्यक्रममा पत्रकार अलीले महासंघका नवनिर्वाचित जिल्ला अध्यक्ष टंकबहादुर क्षेत्री र निवर्तमान अध्यक्ष विश्वनाथ ठाकुरलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । अली महासंघको निवर्तमान कार्य समितिमा उपाध्यक्ष थिए ।

केही हप्ताअघि आफ्नै भाईले आक्रमण गर्दा घाईते भएका पत्रकार अली अहिले पनि स्वास्थ्य लाभ गरिरहेका छन् । उनलाई पत्रकार महासंघको सर्लाही शाखाले उपचारका लागि १ लाख रुपैयाँ सहयोग गरेको थियो ।

महासंघलाई सदरमुकाम मलंगवास्थित जिल्ला समन्वय समितिको कार्यालय नजिकै प्रदान गरिएको निर्माणाधीन भवनलाई निर्माण कार्य पूरा गरेर कार्यालयको रुपमा तयार गर्ने तयारी भइरहेको छ ।