logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

हुलाकी सडकको दुरावस्थाबारे ध्यानाकर्षण गराउन जिल्लाको टोली जनकपुर जाँदै


  • उज्यालो अभियान

अत्यन्त जरजर अवस्थामा रहेको सर्लाहकिो हुलाकी सडक । (तस्बिर सौजन्य : पत्रकार मुकेश झाको फेसबुकबाट)

मलंगवा – सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकसँगै अन्य भित्री सडकहरुको निर्माण कार्य अघि बढाउन दबाब दिने उद्देश्यले सोमवार सदरमुकाम मलंगवामा सरोकारवालाहरुबीच छलफल गरिएको छ ।

छलफलमा सडक निर्माणको काम अघि बढाउन प्रदेश र संघीय सरकारलाई दबाब दिने निर्णय भएको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताए । सडक निर्माणको काम अघि बढाउन दबाब दिन आज (मंगलवार) आफू र विभिन्न पालिकाका प्रमुखहरु भौतिक पूर्वाधार मन्त्रालय जनकपुरधाममा डेलिगेसन जाने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख चौधरीले जानकारी दिए ।

डेलिगेसन गएर ध्यानार्षण गराउँदा समेत सडक निर्माणबारे सरकारले चासो नदेखाए मन्त्रालयमै पुगेर धर्नामा बस्ने सर्वपक्षिय बैठकले निर्णय गरेको छ । धूलोको समस्या हल गर्न तत्कालका लागि ठेकेदारलाई दिनहुँ पानी हाल्न भनिएको छ ।

ठेकेदारले विभिन्न बहानाबाजी गर्दा सर्लाहीमा २०७३ सालमै ठेक्का लागेको हुलाकी सडकको निर्माण कार्य पूरा हुन सकेको छैन् । संघीय सरकारका भौतिक पूर्वाधार विकास मन्त्री वसन्तकुमार नेम्वाङले गत वर्ष अनुगमनका क्रममा तत्कालै बनाउने आश्वासन दिएको हुलाकी सडक अहिलेसम्म दयनीय अवस्थामा रहेको छ ।