आश्रमलाई फलफूल हस्तान्तरण गर्दै बैंकका शाखा प्रवन्धक पवनकुमार साह र कार्यक्रममा उपस्थित अन्य अतिथि । (तस्बिर : उज्यालो अभियान)
लालबन्दी – सर्लाहीको लालबन्दीमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले बिहिवार हरिवन नगरपालिका–९, नयाँरोडमा मानव सेवाश्रममा फलफूल प्रदान गरेको छ ।
बैंकको लालबन्दी शाखा स्थापना भएको बिहिवारदेखि ११ वर्ष पूरा भई १२ वर्षमा प्रवेश गरेको अवसरमा मानव सेवाश्रममा बसिरहेकाहरुलाई फलफूल प्रदान गरिएको हो । बैंकका शाखा प्रवन्धक पवनकुमार साहको नेतृत्वमा आज साँझ आश्रममा पुगेर फलफूल वितरण गरिएको बैंकका कर्मचारी राजकुमार पोखरेलले जानकारी दिए ।
कार्यक्रममा हरिवन नगरपालिका ९ का वडाध्यक्ष सीताराम पोखरेल, मानव सेवाश्रमका केन्द्रीय उपाध्यक्ष धर्मभक्त प्रसाद पौडेल, सञ्चारकर्मी प्रकाश मैनाली, आश्रमका संरक्षक सुकदेव कार्कीलगायतको उपस्थिति रहेको थियो । मानव सेवाश्रममा विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएका बेवारिसे सडक मानवहरुलाई पालनपोषण गरेर राखिएको छ ।