logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सगुन शिक्षाले मनायो ७ औँ वार्षिकोत्सव


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–९, स्थित सगुन शिक्षा सहकारी संस्था लिमिटेडको सुक्रवार ७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बाबुराम घिमिरेको अध्यक्षता एवं प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा संस्थाकै परिसरमा साधारण सभा सम्पन्न गरिएको हो । सभामा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, उपमेयर रेणुका पौडेल, सल्लाहकार समितिका सदस्यहरु राजकुमार उप्रेती, चूडामणि वाग्ले, सावित्रा बुढाथोकी, सचिव मनोज खनाल लगायतले मन्तव्य राखेका थिए ।

सभामा संस्थाको अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को आयव्यय पारित गर्दै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट समेत प्रस्तुत गरिएको कार्यक्रम संचालक एवं संस्थाका कोषाध्यक्ष विदुरकुमार प्याकुरेलले बताए । यस संस्थालाई सञ्चालन गरिरहेको मूल संस्था सगुन बचत तथा ऋण सहकारी संस्थाको २१ औैँ वार्षिक साधारण सभा भने शनिवार (आज) आयोजना गरिएको छ ।